site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राखे ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन,” उनले भने, “घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उनको विश्लेषण थियो ।

सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिस्ट शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिए । “वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अंकमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro