site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन रि–इन्स्योरेन्सले प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गर्ने 

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र सान्भी इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

हिमालयन रिले भदौ २६ गते र सान्भी इनर्जीले भदौ २७ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन् ।

हिमालयन रिले तीन करोड कित्ता आईपीओ अंकित १०० रुपैयाँमा १०८ रुपैयाँ प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । 

कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सान्भी इनर्जीले भने अंकित मूल्य १०० रुपैयाँमा नै ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न आवेदन दिएको छ । यो कम्पनीको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा नेपाल एसबीआई मचेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro