site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्याम तामाङलाई ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’ को उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्याम तामाङले लगातार दोस्रो पटक ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’को उपाधि जितेका छन् ।

मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंकसहित उपाधि रक्षा गरेका हुन् । उनले लिलाजंङ गुरूङलाई हराए । लिलाले १८ अंक बनाउँदै दोस्रो स्थान प्राप्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते । उनी ११ अंकमा याम राणा र पीबी राईसँग बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो । 

महिलातर्फ जुनी गुरूङले उपाधि जितिन् । सुष्मा सिंहलाई पछि पारेकी जुनीले १५ अंक जोडिन् । दोस्रो भएकी सुष्माले १३ अंक बनाइन् । सिनितरतर्फ १६ अंकसहित बलराम थापा पहिलो भए ।

Global Ime bank

प्रतियोगिताको क्लोजेस्ट टू दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधव सिंम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते । 

चार हजार ६५० मिटरको उचाइमा भएको प्रतियोगितामा चार महिलासहित २८ गल्फरको सहभागिता थियो । विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले बताए । 

मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्चिर्डको सहयोगमा सम्पन्न भएको हो ।

विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल बिष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले पुरस्कार वितरण गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय