site stats
बाह्रखरी :: Baahrakhari
खेल
वाग्मती क्रिकेट संघ र काठमाडौं महानगरको सहकार्यमा प्रशिक्षकलाई तालिम दिइने
Argakhachi Cement Island Ad

काठमाडौं । वाग्मती प्रदेश क्रिकेट संघले क्रिकेट विकासका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गर्ने भएको छ । वाग्मती क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरका मेयर बालेन शाहबीच क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि सहमति भएको हो । 

सहमतिअनुसार काठमाडौंका ५० विद्यालयस्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिइने छ । कार्यक्रमपछि ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

"यसका लागि काठमाडौं महानगरपालिकाले वाग्मती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरिरहेको जानकारी गराउन चाहान्छौँ," पारसले सामाजिक सञ्जालमा भनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्