अर्थ व्यवसाय

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
गत वर्ष भने बैंकले लाभांश दिएको थिएन ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ११:४८
प्रतिक्रिया दिनुहोस्