site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संसद्‌मा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो’

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङको अभावको महसुस भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधिसभा बैठकमा स्व. नेम्वाङको अभाव आजैको बैठकबाट सुरु भइसकेको बताएका हुन् ।

उनले नेपाली राजनीतिले उनको अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताए । नेम्वाङ राजनीतिलाई निष्टा र संस्कृतिका साथ अगाडि बढाउनुपर्छ भन्ने वकालत गर्ने पात्र भएको उनको भनाइ छ ।

त्याग, निष्ठा, लगनशीलता, सहनशीलता र धैर्यताका साथ असहजतालाई पार लगाउनुपर्छ भन्ने नेम्वाङको मान्यता रहेको उनले बताए ।

उनले भने, "उहाँ नेपालको राजनीतिलाई एउटा निष्ठा र संस्कृतिका साथ अगाडि बढाउने त्यसप्रकारको सदैव वकालत गर्ने एउटा पात्र हुनुहुन्थ्यो । उहाँको अभावको महसुस आजैबाट सुरु भइसक्यो । नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नका लागि निकै लामो समय कुर्नुपर्छ ।"

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेम्वाङको शालिन व्यवहारका कारण संविधानसभा तथा संसद्‌मा सबैलाई मिलाएर जान सकेको बताए । शालिन व्यवहार प्रस्तुत गर्दै सबै पार्टीलाई विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्नसक्ने क्षमता उनमा रहेको भन्दै पाण्डेले नेम्वाङको स्मरण गरे ।

उनले भने, "संविधान निर्माणदेखि लिएर संसद् चलाउने सिलसिलामा पनि उहाँको शालिन व्यवहार, सबै पक्षलाई मिलाएर लिएर जाने जे स्वभाव थियो । सधैभरी त्यस्तै मान्छे, त्यस्तै नेता फेला पर्दैनन् । उहाँको शालिन व्यवहार, नरिसाउने स्वभाव, सबै पार्टीलाई समेटेर विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्ने बानी छ ।"

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरामा नेम्वाङले जोड दिने गरेको बताए । कम्युनिस्टहरू मिलेर जानुको विकल्प छैन भन्ने कुरामा उनी दृढ रहेको पौडेलको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशमा शान्ति प्रक्रियाको काम टुंगिन बाँकी रहेको उल्लेख गर्दै नेम्वाङ जीवित भइदिएको भए शान्ति प्रक्रिया टुंग्याउन र संविधान कार्यान्वयन गर्न उनको विशेष भूमिका हुने बतए ।

नेपालको तत्कालीक राजनीतिमा उनी जत्तिको समन्वयकारी भूमिका गर्ने नेता भेट्न गाह्रो पर्ने सांसद पौडेलको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेम्वाङ राजनीतिमा सहमति, समन्वय गरेर अगाडि बढाउने व्यक्ति भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro