site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले संसदीय दलबाट शोक प्रस्ताव पारित 

काठमाडौं । नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायाँपट्टि नेम्वाङ सधैँ बस्ने स्थान खाली राखेर ‘भारी मनका साथ’ उनलाई सम्झिएको सांसद सूर्य थापाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर संसदीय दलका नेता केपी शर्मा ओलीले भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनुभयो,” थापाले भने ।

नेम्वाङप्रति एमालेले श्रद्धाञ्जली व्यक्त गरेको हो । गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङको बिहीबारै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्