site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीमा नौ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला
SkywellSkywell

काठमाडौं । दक्षिण–पश्चिम टर्कीमा नौ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला परेको छ । अनुसन्धानकर्ताको एक समूहले दक्षिण–पश्चिम टर्कीमा उत्खनन्का क्रममा नौ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला पारेका हुन् ।

फेलिडे प्रजातिको एक दुम्सी र अन्य पक्षीहरुको जीवाश्म फेला परेको हो । सन् २०१७ देखि डेनिजली प्रान्तको ताभास जिल्लामा अनुसन्धानकर्ताको समूहद्वारा जारी उत्खनन्को एक भागको रुपमा यी जीवाश्महरु फेला परेका हुन् ।

Dabur Nepal
NIC Asia

अनुसन्धानको नेतृत्व गर्ने बर्दुर मेहमेट अकिफ एरसोय विश्वविद्यालयका मानवशास्त्री अहमद इहसान आयटेकले दुम्सी एनाटोलियामा दुर्लभ प्रजाति भएको र यसको जीवाश्म फेला पार्नु ठूलो सफलता भएको बताए ।

अनुसन्धानकर्ताले यसअघि उत्खनन् स्थलमा हात्ती, गैँडा, जिराफ, घोडा, मृग र हरिणलगायतका १५ जनावरको जीवाश्म फेला परेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu