देश
काठमाडौं । औषधि व्यवस्था विभागले टपेन्टाडोलका एकल तथा समिश्रण औषधिहरू अस्पतालका फार्मेसीबाट मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
यस्ता औषधिहरू अस्पतालबाहेकका फार्मेसीमा मौज्दात भए तीन दिनभित्र फिर्ता गर्न र आइन्दा बिक्री नगर्न पनि विभागले निर्देशन दिएको छ ।
अस्पतालको फार्मेसीले पनि यी औषधिहरू चिकित्सकको सिफारिसबिना बिक्री गर्न पाउने छैनन् । औषधि दिँदा प्रेस्किप्सनको रेकर्ड राख्न विभागले भनेको छ ।
टपेन्टाडोल एकल तथा मिश्रित औषधि घाउ चोट तथा अन्य सिकिस्त दुखाइमा पेन किलरको रूपमा प्रयोग गरिन्छ । यसको नियमित प्रयोगले मानिसलाई तल लाग्ने चिकित्सकहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १७:५४
प्रतिक्रिया दिनुहोस्