अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्