काठमाडौं । सहकारी सञ्चालकहरूले जिम्मेवारीबाट हट्न निवेदन दिन थालेपछि सहकारी विभागले सामूहिक जिम्मेवारी लिन आग्रह गरेको छ ।
विभागले सहकारी सञ्चालको जिम्मेवारी पनि सम्झाएको छ । सहकारी संघसंस्थाहरू सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्यसमेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएको र प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमूक व्यक्तिलाई जिम्मेवारी पन्छ आफू अलग रहन नपाउने विभागको भनाइ छ ।
"प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबद्धताका साथ कार्यसम्पादन गर्नु गराउनु हुन विभागको मिति २०७९/०५/२६ को निर्णयानुसार अनुरोध गरिन्छ," विभागले भनेको छ ।
पछिल्लो समय जिम्मेवारीबाट अलग गराउन माग गर्ने गरिएको विभागले जनाएको छ ।