site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदूषण बढाउने सवारी नचलाउन र फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु प्रदूषण बढ्ने गतिविधि नगर्न नगरवासीलाई आग्रह गरेको छ । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभर वायु प्रदूषण बढेपछि महानगरले प्रदूषण कम गर्ने उपाय अपनाउन भनेको हो । 

प्रदूषणका मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग तथा कलकारखानाबाट उत्सर्जित धुँवा र खुलारूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त ग्यास भएको महानगरले जनाएको छ ।

वातावरणीय मापदण्डविपरीत धुँवा उत्सर्जन गर्ने सवारीसाधनलाई कानुनी कारबाही भइरहेको सुझाउँदै महानगरले सवारीसाधनलाई प्रचलित प्रदूषण मापदण्डभित्र राखी सञ्चालन गर्न सूचित गरेको छ ।

काठमाडौं महानगरभित्र चल्ने सवारी साधनको प्रदूषण परीक्षणमा ५५ प्रतिशत सवारी फेल हुने गरेको पाइएको छ ।

खुलारूपमा आगो नबाल्न, प्लास्टिकजन्य फोहोर नजलाउन तथा अन्य फोहोर खुला ठाउँमा नफाल्न अनुरोध गरिएको छ । यस्तै, निर्माण सामग्री सडक वा फुटपाथमा नथुपार्न, लोड अनलोड गर्दा धुलो नियन्त्रण गर्न र महानगरको आग्रह छ । 

उद्योग तथा कलकारखानालाई काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ अनुसार वायु गुणस्तर तथा धुँवा उत्सर्जन नियन्त्रण गर्न तथा वायु प्रदूषण कम गर्ने उपकरणहरूको प्रयोग गर्न पनि भनिएको छ । सर्वसाधारणमा वायु प्रदूषणबाट जोगिन मास्कको प्रयोग गर्न महनगरको अनुरोध  छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro