site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खोटाङ उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । खोटाङ उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

शुक्रबार सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउतले खोटाङको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वको चर्चा गरे । त्यहाँ औद्योगिक विकासको सम्भावना रहेको उनले बताए । 

उनले कोशी प्रदेशमा औद्योगिक विकासका लागि विभिन्न योजना अघि सारिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको सुनाए ।

सभामा स्थानीय उद्यमीले भोगिरहेका समस्या र त्यसको समाधानका उपायमा छलफल भएको थियो । स्थानीय उत्पादनको बजारीकरण, लगानीको सुनिश्चितता, नीतिगत सुधार, प्रतिस्पर्धी बजारलगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का र प्रकाश कार्की, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्यले कृषि उद्यम र पर्यटनको माध्यमबाट पहाडी क्षेत्रमा विकास अघि बढाउन सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेश सरकार र विभिन्न परियोजनासँग सहकार्य गरी पहाडी क्षेत्रमा हुने उत्पादनको प्रवर्द्धनका लागि अध्ययन र अनुसन्धानमा आधारित कृषि, पर्यटन र औद्योगिक विकासका लागि आवाज उठाइरहेको राउतले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro