site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिलेकै अवस्था रहे पाँच वर्षपछि चिकित्सक र नर्स पाइँदैन : स्वास्थ्यमन्त्री
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताए । उनले यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।

अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे । दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले आफू अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए । फरक प्रसंगमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro