site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाका बिक्रेतालाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरूलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको थियो ।

उक्त सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro