site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निसानको गाडी खरिद गर्दा आठ लाखसम्म छुट

 

काठमाडौं । नेपालमा निसान गाडीको एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्ना गाडीमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुटको योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडी– निसान म्याग्नाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागु हुने कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नाडा अटो सो तथा आउन लागेको चाडपर्वका अवसरमा विशेष छुट योजना ल्याएको बताएका छन् ।

भदौ २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा १५औँ नाडा अटो सो २०२३ चल्दै छ । कम्पनीले यो छुट योजना भने नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभर लागु हुने बताएको छ ।

‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा नि:शुल्क गाडी बीमा, नि:शुल्क तीन वर्षको सडक कर, तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने कम्पनीले जनाएको छ ।

योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने पायोनियर मोटो कर्पले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro