site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, विराटनगर सिटी एफसीले नखेल्ने

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को आयोजनामा हुने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक एनएसएईमले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ८ गते साविक विजेता काठमाडौं रेर्जस र नयाँ टोली स्पोर्टि्ङ इलाम दी मेची फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

मंसिर ८ गतेदेखि १४ सम्म सञ्चालन प्रतियोगितामा ९ टोलीको सहभागी हुने छ । यसअघि १० फ्रेन्चाइज टोलीले प्रतियोगिता खेल्ने घोषणा भए पनि प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लबले नखेल्ने भएपछि ९ टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगिताको दोस्रो संस्करणका लागि यसअघि नै अक्सन भइसकेको छ । तर, अक्सनको लामो समयसम्म पनि प्रतियोगिता सञ्चालन हुन नसकेपछि असोज १९ गते पुनः अक्सन हुने छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण सन् २०२१ मा भएको थियो । कोभिड–१९ महामारीले प्रभावित बनेको पहिलो संस्करण बन्द रंगशालामा सञ्चालन भएको थियो ।

प्रतियोगिताको यस संस्करणमा काठमाडौं रेजर्स, धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, झापा एफसी, स्पोर्टिङ इलाम दी मेची एफसी र विरगन्ज युनाइटेड एफसी गरि नौ सहभागी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro