site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिट्मस केबल्सको इकोवायर–जेटएच तार सार्वजनिक

काठमाडौं । लिट्मस केबल्सले इकोवायर–जेटएच तार सार्वजनिक गरिएको छ । उक्त तार जर्मन प्रविधिबाट नेपालमै उत्पादन गरिएको कम्पनीले जनाएको छ । 

ह्यालोजनमुक्त इकोवायर–जेटएच नेपालको विद्युतीय उद्योगमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीको दाबी छ । इकोवायर–जेटएचले आगलागीका जोखिमलाई कम गर्छ ।

सार्वजनिक कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले लिट्मस इकोवायर–जेटएच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार रहेको बताए ।

ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात् गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरू बजारमा ल्याउने उनले प्रतिबद्धतासमेत जनाए । 

इकोवायर–जेटएच नेपालमा पहिलोपटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार कम्पनीको दाबी छ ।

इकोवायर–जेटएच ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुने छ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ । लिट्मस इन्डस्ट्रिज लिमिटेड केबल निर्माता कम्पनी हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro