काठमाडौं । नेप्से परिसूचक आइतबार १०.२३ अंकले बढेर बन्द भएको छ । नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो ।
आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।
यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद–बिक्री भएको छ ।
सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ अर्थात् १० प्रतिशतले वृद्धि भएको हो । यसको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।