site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनधिकृत रुपमा प्रयोग भएका गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन
SkywellSkywell

सुदूरपश्चिम । अनधिकृत रुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ ।

लेखा समितिको बैठकले सचिवालयका सवारीसाधन मर्मतमा लागेको खर्च विवरण समेत पेस गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुनविपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो ।

KFC Island Ad
NIC Asia

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारीसाधन उपलब्ध गराइएको बताए ।

“विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भने ।

Royal Enfield Island Ad

गाडी लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिने भएकाले गाडी उपलब्ध गराएको जवाफ सचिवालयले दिएपछि फिर्ता माग्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य धामीले बताए ।

“गाडीको सेवा सुविधा दिने हो भने ऐनअनुसारको अनुसूची बनाउनु पर्‍यो । नभए ऐन सच्याउनु पर्नेभयो,” समितिका अर्का सदस्य मानबहादुर धामीले भने, “ऐन कानुन अस्पष्ट हुँदा सुविधा लिने नलिनेमा अन्योलता देखियो ।”

प्रदेशसभा सचिवालयसँग ११ सवारीसाधन छन् । यीमध्ये ६ सवारीसाधन नियमविपरीत प्रयोग भइरहेको जनाइएको छ ।

प्रदेशसभामा सत्तापक्ष नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयका गाडी प्रयोग गरिरहेको सचिवालयका सूचना अधिकारी जैशीले बताए ।

प्रदेशसभाका विभिन्न समितिका ज्येष्ठ सदस्यले गाडीको चाबी लिए पनि प्रयोग गरेका छैनन् । प्रदेशसभाका सदस्य र पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा सत्तापक्षीय दलका नेता, प्रमुख सचेतक र विपक्षी दलका नेतालाई गाडी सुविधा दिने उल्लेख भए पनि ऐनको अनुसूचीमा यो उल्लेख गरिएको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro