site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशलाई बजेटविहीन अवस्थामा रहन दिँदैनौँ, पर्सिसम्म निकास दिन्छौँ : मुख्यमन्त्री कार्की 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट निकास दिने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आइतबारसम्म अध्यादेशमार्फत बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका हुन् ।

भदौ १० गते भित्र कार्की नेतृत्वकै सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक सदनबाट पारित नहुँदा ‘फेल’ भएको थियो । अहिले कोसी प्रदेश बजेटविहीन अवस्थामा छ । 

अर्को प्रसंगमा कार्कीले अदालतले यसअघि भएका असंवैधानिक क्रियाकलापलाई सच्याइदिएको र त्यसलाई आफूहरूले स्वागत गरेको पनि बताए । कार्कीले अहिले कोसी प्रदेश निकै अप्ठेरो परिस्थितिमा रहेको भन्दै सबै दल मिलेर निकास खोज्नुको विकल्प नभएको बताए ।

“कोसी प्रदेशको राजनीतिक परिस्थिति अलि जटिल अवस्थामा पुगेकोले सबै दल मिलेर यसको निकास खोज्नुको विकल्प छैन,” कार्कीले भने, “मैले पहिले पनि सर्वदलीय सरकारका लागि आह्वान गरेको थिएँ । अहिले पनि त्यो आवश्यक छ भन्ने नै मेरो धारणा हो ।”

प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro