site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा हुन्छ आँप खेती 

काठमाडौं । नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको छ ।

‘कृषि गणना २०७८’ अनुसार एक लाख ४५ हजार हेक्टर क्षेत्रफलमा फलफुल खेती हुने गरेको छ ।

त्यसमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको हो । 

फलफुल उत्पादन हुने कुल जग्गामध्ये १९ हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको तथ्यांक कार्यालयले जनाएको छ । बगैंचाको रूपमा बढी आँप खेती हुने मधेस प्रदेशको सिरहा जिल्ला रहेको छ ।

नेपालमा ६ हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । गण्डकी प्रदेशको स्याङ्जामा सुन्तला खेती बढी हुने गरेको छ । ७.९ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ ।

यस्तै, स्याउ तीन हजार १०० हेक्टर, कागती दुई हजार ८०० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro