site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनहरूले अब नेपालको दोस्रो बजारमा सेयर कारोबार गर्न सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ लाई सातौँ संशोधन गरेको छ । बोर्डले उक्त नियमावली संशोधन गरी धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० लागु गरेको हो ।

यो नियमावलीले संशोधन गरेर बोर्डले एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई आईपीओ निष्कासन गर्न बाटो खुला गरिदिएको छ । मूल नियमावलीमा नियम ४१ (ख) थप गरी संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले जारी गर्ने धितोपत्र भन्ने वाक्यांश थप गरेको छ । यो व्यवस्थाले गैरआवासीय नेपाली (एनआरएन)हरूले अब नेपालमा कम्पनी खोल्न पाउने भएका छन् ।

यसअघि नेपाल सरकार र गैरआवासीय नेपालीहरूको लागनीमा नेपालमा पूर्वाधार, उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कम्पनी स्थापना भइसकेको छ । यो कम्पनीलाई धितोपत्रको व्यवस्थाले आईपीओ निष्कासन गर्न सहज बनाएको छ । तर, यो फन्डले निष्कासन गरेको आईपीओमा गैरआवासीय नेपालीले मात्र आवेदन दिन पाउने छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार एनआएनहरूलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन यो व्यवस्था गरिएको हो ।

नेपालको धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबार हुने भए पनि एनआरएनहरूले मात्र खरिदबिक्री गर्न पाउने उनको भनाइ छ ।

“कुनै एनआरएनले खरिद गरेको आईपीओ दोस्रो बजारमा बिक्री गर्नपर्‍यो भने एनआरएनहरूमा नै बिक्री गर्नुपर्ने हुन्छ । दोस्रो बजारमा सूचीकृत भएपछि एनआरएनहरूबीचमा यो कम्पननीको कारोबार हुन्छ । सेयर खरिदबिक्री गरेबापत नेपाल सरकारलाई कर तिर्नुपर्छ,” उनले भने, “यो व्यवस्थाले विदेशमा भएका नेपालीबाट देशमा लगानी भित्रिन्छ । यसका लागि कार्यविधि बनाउँन बाँकी छ । राष्ट्र बैंकसँग छलफल गरेर हामी कार्यविधि बनाउँछौँ ।”

एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा गैरआवासीय नेपालीको नौ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुने छ । यो फन्ड २०७७ चैत ३० गते एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ ।

नियमावलीमा यो फन्डलाई आईपीओ निष्कासन गर्न सहज बनाइदिएसँग फन्डको तर्फबाट आवश्यक प्रक्रिया थालिएको एनआरएन नेपाल इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराई बताउँछन् ।

“अब हाम्रो आन्तरिक प्रक्रिया अगाडि बढाउँछौँ । आईपीओ निष्कासन भएपछि दोस्रो बजारमा कारोबार गर्नपर्‍यो भने एनआरएन नै खोज्नुपर्छ,” उनले भने, “पहिलोपटक यो कम्पनीको आईपीओ एनआरएनहरूलाई खुल्ने छ । यसको प्राइज फेस भ्यालूमा नै हुने छ । यो कम्पनीको आईपीओमा ८५ वटा देशमा भएका गैरआवासीय नेपालीहरूले आवेदन दिन सक्छन् ।”

कार्यविधि बनेपछि गैरआवासीय नेपालीहरूलाई यो फन्डको आईपीओ खुला हुने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro