site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवाद समाधानका लागि कार्यदल बन्ने 

काठमाडौं । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादका बारेमा अध्ययन गर्न कार्यदल बन्ने भएको छ । 

शुक्रबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कार्यदल बनाउने निर्णय गरेको हो । 

बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरी निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो । 

Dabur Nepal
NIC Asia

कार्यदलमा रहने सदस्यहरू र कार्यविधि लगायतका विषयमा अर्को बैठकले टुंगो लगाउने समिति सभापति भानुभक्त जोशीले बताए । 

बैठकमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले ऐनमा स्पष्ट पारेर दुई निकायको अन्तरविरोध अन्त्य गर्नुपर्ने बताए । 

ऐनको व्याख्यामा देखिएको समस्याका कारण विद्यार्थीलाई मर्कामा पार्न नहुने उनको जोड छ । 

आयोगका तर्फबाट उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनमा देखिएका समस्या हल हुने र आयोगले काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । 

बैठकमा समिति सदस्यहरूले ऐन स्पष्ट नभएसम्म दुई निकायको क्षेत्राधिकारको विवाद अन्त्य हुन नसक्ने भन्दै यसलाई स्पष्ट पारेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि पीसीएल नर्सिङलगायत चिकित्सा शिक्षाका सबै तह सो कानुनको परिधिबाट सञ्चालन हुनुपर्ने आयोगको बुझाइ छ ।  

प्रमाणपत्र तहको नर्सिङ शिक्षालाई आयोगले हस्तक्षेप गर्न नहुने सीटीईभीटीको अडानका कारण दुई निकायबीचको विवाद लामो समयदेखि चर्र्किएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro