site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले लिएको नीतिले सेयर बजार प्रभावित भयो : अर्थमन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको नीतिले सेयर बजारलाई असर गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्री महतले राष्ट्र बैंकका केही नीतिले गर्दा बजारमा असर परेको बताएका हुन् । ती नीतिको विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको उनले बताए ।

“अहिले सेयर मूल्यमा गिरावट आएको छ । त्यसमा विविध कारणहरू छन् । राष्ट्र बैंकको नियमनका कारण पनि हुन्छ । त्यसबाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौँ,” उनले भने, “हामी चाहन्छौँ कि यो सेयर बजारले एउटा सहज रूप लियोस् । लगानीकर्ताको लगानी नडुबोस् ।”

जुनसुकै व्यवसायमा लागेकाले पनि सेयर कारोबार गर्न पाइने भन्दै यसलाई सहज रूपमा लिनुपर्ने उनको भनाइ छ । तर, इन्साइडर ट्रेडिङ गर्न भने कसैलाई छुट नभएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro