site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्न : वामदेव गौतम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा (एमाले) र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र)मा जान नसक्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जनयुद्ध कालमा राम्रा र नराम्रा काम दुवै भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा (एमाले)ले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

Global Ime bank

उनले भने, "हामी नेपालको सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा (एमाले)मा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरमा गएर माफी माग्नुपर्छ ।" 

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे । पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको उनको भनाइ छ ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement