site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिम्बाब्वेका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ
तस्बिर : रोयटर्स ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिम्बाब्वेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनांगाग्वाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रममा हजारौँ जिम्बाब्वेवासी हरारेको खेलकुद रंगशालामा भेला भएका थिए ।

शपथग्रहणपछि उनले सबैलाई एकताबद्ध रहन आग्रह गर्दै सरकारले जिम्बाब्वेवासीको जीवन परिवर्तनको सुनिश्चित गर्ने आश्वासन दिए ।

उनले क्षेत्रीय र अरू विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा सोमबार आफ्नो दोस्रो पाँचवर्षे कार्यकालका लागि शपथ लिएका हुन् । गएको महिना भएको आमनिर्वाचनमा उनले ५२.६ प्रतिशत मत प्राप्त गरेका थिए ।

आफूलाई पुनः नेतृत्वका लागि चयन गरेकामा उनले जिम्बाब्वेवासीलाई धन्यवाद दिए । अबका पाँच वर्षमा देशलाई एकताबद्ध गर्दै आधुनिकीकरण र विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले निर्वाचनले जिम्बाब्वेमा लोकतन्त्रलाई बलियो बनाएको उल्लेख गरे । पुनः एकपल्ट देशका लागि सेवा गर्न पाएको भन्दै उनले जनताप्रति आफू प्रतिबद्ध रहेको बताए । उनले अखण्डता, निष्पक्षताका साथ राष्ट्रिय संविधान र कानुनको पालना गरेर अघि बढ्ने विश्वास दिलाए ।

आफ्नो नयाँ कार्ययोजनामा ग्रामीण विकासलाई तीव्रता दिने, राष्ट्रिय खाद्य सुरक्षालाई सुदृढ पार्ने, देशको पूर्वाधारको आधुनिकीकरणका साथै उत्पादन क्षमता र ऊर्जा आपूर्ति बढाउने रहेको उनले जानकारी दिए । उनले अरू देशहरूसँग पनि सम्बन्ध सुधार र विस्तार गर्न जिम्बाब्वे तयार रहेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro