site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान रोहित पौडेल भन्छन्– ओपनरले राम्रो गरे, मध्यक्रम अझ राम्रो हुन सक्थ्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप–२०२३ मा भारतसँग १० विकेटले हारेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले मध्यक्रमको ब्याटिङ राम्रो हुन नसकेको प्रतिक्रिया दिएका छन् । 

भारतसँगको हारपछि पोस्ट म्याच प्रेजेन्टेसनमा रोहितले मध्यक्रम राम्रो भएको भए नेपाली टिम २६० देखि २७० रनको योगफलसम्म पुग्न सक्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“ओपनरले राम्रो गरे । मिडिल अर्डर (मध्यम क्रम)मा हामीले अझ राम्रो गर्न सक्थ्यौँ । यदि हामीले मिडिल अर्डरमा राम्रो गरेको भए २६०–७० सम्म पुग्न सक्थ्यौँ । पछिल्लो चार–पाँच महिनायता हाम्रो लोअर अर्डरले राम्रो गरिरहेको छ । उनीहरूप्रति हामी गौरवान्वित छौँ । यो कन्डिसनमा बलरलाई बलिङ गर्न निकै कठिन हुन्छ । तर, हाम्रो बलर राम्रो बलिङ गरे,” रोहितले भने । 

भारतसँगको यो हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ । समूह ‘ए’मा रहेको नेपाल यसअघि पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

Global Ime bank

नेपालसँगको जितसँगै समूह ‘ए’ बाट भारत सुपर फोरमा प्रवेश गरेको छ । यो समूहबाट पाकिस्तानले यसअघि नै सुपर फोरको टिकट काटिसकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ००:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement