site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप–२०२३ मा नेपाल र भारतबीचको जारी खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलको दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको भारतले २.१ ओभरको खेल सकिँदा विकेट नगुमाई १७ रन जोडेको छ । 

वर्षाका कारण खेल नेपाली समयअनुसार राति ८ः३३ बजेदेखि रोकिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतका रोहित शर्माले चार र सुभमन गिलले १२ रन बनाएका छन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । 

आजको खेलमा जित निकाले नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गर्ने छ । सुपर फोरमा प्रवेशका लागि भारत पनि जित्नैपर्ने दबाबमा छ । वर्षाका कारण खेल रद्द भए भारत दुई अंकसहित सुपर फोरमा प्रवेश गर्ने छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement