site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सारुककी आमाको गुनासो– प्रहरीले घटना छानबिनको प्रगतिबारे अझै जानकारी दिएन
 दिवङ्गत अभिनेता सारुक ताम्राकार ।

काठमाडौं । दिवङ्गत अभिनेता सारुक ताम्राकारकी आमा रुकमणि ताम्राकारले आफ्नो छोराको आत्महत्या घटनाको राम्रोसँग छानबिन गर्न प्रहरीलाई आग्रह गरेकी छन् ।

उनले घटनाको छानबिनबारे अहिलेसम्म आफूलाई कुनै पनि जानकारी नदिएको पनि बताएकी छन् । रुकमणिले सारुकको अन्तिम सुटिङका क्रममा के भएको थियो भन्नेबारे पत्ता लगाउन आग्रह गरेकी छन् । साथै उनले फोन विवरण पनि बाहिर ल्याउन भनेकी छन् । 

Dabur Nepal
NIC Asia

सोमबार फेसबुकमा उनले लेखेकी छन्, "मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा  मेरो श्रीमान् पनि गुमाउँदा  ममाथि ठूलो बज्रपात परेको छ | यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर नआउँदा म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुरा को छानबिन राम्रोसँग गरियोस् र पुलिसले फोन डिटेल्स (विवरण) प्रस्ट अगाडि ल्याउनुहुन अनुरोध गर्दछु ।"

३१ वर्षीय सारुक असार २१ गते राति काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । उनका बुवा सानु ताम्राकारको भदौ ९ गते उपचारका क्रममा निधन भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro