अर्थ व्यवसाय
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध अर्धशतक बनाएका आसिफ शेखले नेपालले राम्रो लक्ष्य प्रस्तुत गरेको बताएका छन् । भारतविरुद्धको ब्याटिङपछि आसिफले आफूहरूले २४० देखि २५० रनसम्म बनाउने लक्ष्य राखे पनि २३० रन पनि राम्रै स्कोर रहेको बताए ।
उनले भारतलाई पराजित गर्न सकिने पनि बताएका छन् ।
व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले भारतविरुद्ध ५८ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औँ अर्धशतक हो ।
२३१ रनको लक्ष्य पाएको भारतले ब्याटिङ थालेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० २०:३१
प्रतिक्रिया दिनुहोस्