site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा हट्दै आँखा पाक्ने रोगको संक्रमण, मेकअप नगर्न चिकित्सकको सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा एक महिनाअघि उच्च बनेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् हराउँदै गएको छ ।

उपत्यकाका प्रमुख आँखा अस्पतालहरूमा कन्जन्टीभाइटीसका बिरामीको दर १५ प्रतिशतमा झरेको छ ।

एक महिनाअघि कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा आइपुग्ने बिरामीमध्ये ६५ प्रतिशतसम्ममा यो संक्रमण देखिएको थियो । तर, पछिल्ला केही दिनयता यो दर १५ प्रतिशतमा झरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तिलगंगा आँखा प्रतिष्ठानमा पनि यो दर २० प्रतिशतमा झरेको तथ्यांक छ । संक्रमण घट्दै गएपनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् ।

प्रतिष्ठानमा दैनिक १२० जनाका दरले कन्जन्टीभाइटीसका बिरामी आइरहेको अस्पतालको तथ्यांक छ । एक महिनाअघि यो दर दैनिक १६० देखि २०० सम्म थियो ।

Global Ime bank

बिरामीले कति दिनसम्म सार्छ अरुलाई संक्रमण ?
अहिले देखिएको भाइरल कन्जन्टीभाइटीस् बर्खायाममा मात्रै नभइ सबै सिजनमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । प्रकोपकै रूपमा भने सन् २००३ यता योवर्ष मात्रै देखिएको हो ।

डा. वैद्यका अनुसार सामान्यत : भाइरल कन्जन्टीभाइटीस् संक्रमितबाट पाँच दिनसम्म अरुलाई सर्ने जोखिम रहन्छ । औषधि सुरु गरेको भएपनि पाँच दिनसम्म संक्रमितबाट अरुमा सर्ने सम्भावना रहने उनको भनाइछ ।

यदि संक्रमण आँखाको नानीसम्म नपुगेको भए सात दिनसम्ममा निको हुने बाल आँखा रोग विशेषज्ञ डा. सबिना श्रेष्ठ बताउँछिन् । तर, लक्षण हराए पनि दुई सातासम्म नियमित औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ । तर, कन्जन्टीभाइटीस्को शंका लागेमा जथाभावी औषधि नलगाइ विशेषज्ञकहाँ पुग्न उनको सुझाव छ ।

एक महिनासम्म आँखाको मेकअप नगर्न सुझाव
एउटै सामग्रीबाट धेरैजनाले मेकअप गर्दा संक्रमण फैलिने जोखिम बढेर जान्छ । संक्रमण भएका व्यक्तिहरूले पनि दुई साता बढी आँखाको मेकअप नगर्न डा. वैद्यको सुझाव छ ।

भाइरल कन्जन्टीभाइटीस् निको भएको दुई सातादेखि एक महिनासम्म आँखाको मेकअप नगरेको राम्रो भनेका छन् ।

किनकी त्यही संक्रमण नभएपनि मेकअपका कारण अन्य संक्रमण थपिने जोखिम रहन्छ, डा. वैद्य भन्छन् । एउटै सिजनमा एउटै व्यक्तिलाई संक्रमण दोहोरिने जोखिम पनि रहने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय