site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक महासंघको निष्कर्ष– आन्दोलनलाई कमजोर नबनाउने, मागबाट पछि नहट्ने
फाइल तस्बिर ।

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।

"आजको आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन् । त्यसैले आन्दोलनमा सबै सहभागी हुनुहोला," बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro