खेल
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालका दुवै ओपनरले सुरुआतमै जीवनदान पाएका छन् । श्रीलंकाको क्यान्डीमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्याच आउट हुनबाट जोगिएका हुन् ।
मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौँ बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजले गरेको बलमा आसिफ शेखको क्याच विराट कोहलीले छोडेका थिए ।
जारी खेलको दुई ओभर सकिँदा नेपालले विकेट नगुमाई आठ रन बनाएको छ । नेपालका कुशल भुर्तेल तीन र आसिफ शेख एक रन बनाएर खेलिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १५:२९
प्रतिक्रिया दिनुहोस्