site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राजनीतिमा आउने प्रकाश सपूतको संकेत
फाइल तस्बिर।

काठमाडौं । गायक प्रकाश सपूतले राजनीति गर्ने संकेत गरेका छन् । दुई वर्षपछि नयाँ यात्राको सुरुआत गर्ने भन्दै उनले राजनीतिमा प्रवेश गर्ने संकेत गरेका हुन् ।

“आउँदो वर्ष आफूलाई बच्चैदेखि रहर लागेको काम चलचित्र बनाउनेछु,” उनले भने, “त्यसपछि अहिले गरिरहेकोभन्दा भिन्नै काम गर्नेछु ।”

यो वर्ष विभेदविरुद्धका गीत गाउने बताएका उनले अर्को वर्ष चलचित्र बनाउने र त्यसपछि आफ्नो जिन्दगीको वास्तविक यात्रा सुरु गर्ने उनको भनाइ छ । प्रकाशले यो वर्ष विभेदविरुद्धका गीत गाउने अभियानअन्तर्गत ‘दमाई महाराज’ सार्वजनिक गरिसकेका छन् ।

Dabur Nepal
NIC Asia

“विभेदविरुद्धका गीत यो वर्ष गाएपछि र एउटा चलचित्र बनाएपछि मेरो जीवनको वास्तविक यात्रा सुरु हुनेछ,” प्रकाश बाह्रखरीसँग भन्छन्, “म अहिले गीत गाइरहेको छु, म्युजिक भिडियोमा अभिनय पनि गरिरहेको छु । आफ्नो करिअर र पृष्ठभूमि बलियो बनाउन आएका काम छोडेको छैन । स्टेज कार्यक्रम गरिरहेको छु । सिर्जना गरेर त्यसलाई बेचिरहेको पनि छु । आफैँलाई म केही अवसरबादी पनि भएँ भन्ने लाग्छ ।”

आफूले चरम अभाव र गरिबी भोगेर आएको भन्दै उनले पृष्ठभूमि बलियो बनाउन आफूले कुनै पनि काम नछोडेको स्पष्ट पार्छन् ।

“एक पैसा नहुँदा र एक मुठी अन्न नहुँदाको चरम अभाव पनि मैले भोगेको छु । जीवनमा मान्छे आर्थिक रूपमा पूर्ण कहिल्यै हुँदैन । तर, अब आर्थिक रूपमा अब पुग्दो छ भनेर मेरो परिवारलाई महसुस गराउनु छ,” प्रकाश अगाडि थप्छन्, “मान्छेहरू पैसाले कहिल्यै पुग्दैन भन्छन् । सुरुमा अपेक्षा गरेको जति कमाएपछि फेरि त्यसमा थप्न मन लाग्छ भन्छन् । तर, अब पुग्दो छ भन्ने भएपछि म मेरो अर्को यात्रामा लाग्नेछु । यसका लागि मैले दुई वर्ष छुट्याएको छु ।”

त्यसपछि आफूले वास्तविक यात्रा सुरु गर्ने उनी स्पष्ट पार्छन् ।

“त्यो यात्रा राजनीतिक वा आध्यात्मिक अथवा रचनात्मक यात्रा पनि हुन सक्छ । त्यो दुई वर्ष पछि सुरु हुनेछ,” प्रकाश भन्छन्, “पहिलो सम्भावना आफ्नो सिर्जनालाई अन्तर्राष्ट्रियस्तरमा फैल्याउने अथवा समाज परिवर्तनका लागि प्रत्यक्ष भूमिका खेल्न सक्छु कि भन्ने पनि छ । अन्तर्राष्ट्रिय बजारमा सहजै पुग्नका लागि अन्तर्राष्ट्रिय बजारका चर्चित कलाकार तथा प्लेटफर्मसँग सहकार्य पनि हुनसक्छ ।”

राजनीतिमा आउने हो ?

“हो, राजनीतिमा आउने पनि मेरो सोच हो । तर, अहिले नै तय भइसकेको छैन । तर, पकेट लिस्टमा यो विषय पनि छ,” उनले जवाफमा भने ।

कुनै पार्टी विशेषमा जाने सोचाइ छ ?

“पार्टीबाट नै राजनीति गर्ने भन्ने होइन । तर, विकल्पहरूमध्ये पार्टी पनि एउटा हो । राजनीतिमा कसरी जाने ?, स्वतन्त्रबाट राजनीति गर्ने अथवा अभियान्ता भएर काम गर्ने हो, पछि तय हुन्छ,” उनी भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro