site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ताप्लेजुङ–काठमाडौं उडान पुनः सुरु
फाइल तस्बिर ।

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुरु गरेको छ । 

खराब मौसमलगायत कारण गएको जेठ २४ गतेदेखि काठमाडौं–सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु गरिएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ यात्री ताप्लेजुङ आएका छन् । एक यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।

करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडादर समेत घटाइएको छ । काठमाडौं–ताप्लेजुङको भाडा यसअघि नौ हजार ६५३ रुपैयाँ थियो । हाल घटाएर आठ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ताप्लेजुङ–काठमाडौंको भाडा यसअघि नौ हजार ४५३ रुपैयाँ थियो । यसलाई घटाएर आठ हजार ४०० रुपैयाँमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमित रूपमा उडान हुने विमानस्थलको विश्वास छ । पर्यटनको सिजन लागेकाले यात्रीको अभाव नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro