site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चरित्रहत्या गरेको भन्दै चेकिङ गरेका ट्राफिक प्रहरी पुगे बालेन निवास 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले चरित्र हत्या गरेको भन्दै एकजना ट्राफिक प्रहरी बालेन निवास पुगेका छन् । 

प्रहरी नायब निरीक्षक (सई) सुशील न्यौपानले गए राति बालेनकी श्रीमती सबिना काफ्ले सवार गाडी जाँच गरेका थिए । सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको पाइएपछि उनले काफ्ले सवार गाडी चेक गरेका थिए ।

त्यसपछि बालेनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए । उनले आगामी दिनमा महानगरका गाडी सरकारबाट रोकिए 'सिंहदरबारमा आगो लगाइदिने' धम्की दिएका थिए । त्यसपछि बालेनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको छ ।

आइतबार बालेनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै बालेनको बचाउ गरेको थियो । सचिवालयले ड्युटीमा रहेका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर असभ्य व्यवहार गरेको बताएको छ । चेकिङमा खटिएका ट्राफिक प्रहरीले मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काइदप्काइ गरेको सचिवालयको दाबी छ ।

“कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काइदप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।”

तर, ड्युटीमा रहेका न्यौपाने आफूले मादक पदार्थ सेवन नगरेको र कुनै प्रकारको दुर्व्यवहार नगरेको भन्दै आइतबार साँझ बालेन निवास पुगेका हुन् । उनी आमालाई साथमा लिएर बालेनको घर गएका थिए ।

तर, बालेन श्रीलंका उडिसकेका छन् । न्यौपाने घरमा आएपछि बालेनका आफन्तले उल्टै प्रहरी बोलाएका थिए । ‍त्यसपछि बानेश्वर प्रहरीले न्यौपानेलाई बालेनको घरबाट नियन्त्रणको शैलीमा ल्याएको बानेश्वर वृत्तका एक प्रहरी अधिकारीले बताए ।

"उहाँ (सई न्यौपाने) बालेनलाई भेट्न भनेर जानुभएको रहेछ । तर, बालेनको परिवारले उल्टै प्रहरी बोलाइदियो । ल्याउने क्रममा उहाँ रुँदै हुनुहुन्थ्यो," स्रोतले भन्यो ।

न्यौपानले आफूले एक मिनेटजति मात्र गाडी रोकेको पनि बताएका छन् । तर, बालेनको सचिवालयले सडक किनारमा ७ मिनेट गाडी रोकिएको दाबी गरेको छ ।

अहिले न्यौपानले बानेश्वर वृत्तमै छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro