site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमती चढेको गाडी ट्राफिकले रोकपछि बालेनले भने– सिंहदरबारमा आगो लगाइदिन्छु 

काठमाडौं । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । सरकारप्रति आक्रोशित युवा जमातले उनलाई समर्थन गरेको देखिएको छ भने धेरैले बालेनलाई गलत स्टाटस भन्दै चर्को आलोचना पनि गरेका छन् ।

Dabur Nepal
NIC Asia

समाचार तयार पार्दासम्म करिब सवा तीन लाखले प्रतिक्रिया जनाएका छन् भने करिब एक लाख जनाले कमेन्ट गरेका छन् । बालेनले उक्त स्टाटस किन राखे भन्ने चौतर्फी चासो भइरहेका बेला शनिबार दिउसोको घटनासँग सम्बन्धित रहेको स्रोतले जानकारी दिएको छ ।

बालेनले उक्त स्टाटस शनिबार बेलुका ९ बजेर २१ मिनेटमा राखेका थिए । बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । तर शनिबार काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेको सरकारी गाडीमा बालेनकी श्रीमती रहेको स्रोत बताउँछ ।

उपत्यका ट्राफिक प्रमुख डीआईजी पोषराज पोखरेलले पनि कोटेश्वरमा काठमाडौं महानगरपालिकाको सरकारी गाडी रोकिएको पुष्टि गर्दै बिदाको दिनमा चलाउन पास चाहिन्छ भनेर चालकलाई भनेको जानकारी दिए ।

चालकले सोधपुछका क्रममा गाडीमा म्याडम हुनुहुन्छ भनेर जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको स्रोत बताउँछ । तर बालेनको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro