site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सनको ह्याट्रिकप्रेरित टोटनहमको सहज जित

काठमाडौं । सन ह्युङ मिनको ह्याट्रिकमा टोटनहमले शनिबार बर्न्लीविरुद्ध ५–२ को सहज जित निकालेको छ ।

बर्नीको मैदान टर्फ मूरमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध जित दिलाउन सनले ह्याट्रिक गर्दा क्रिस्टियन रोमेरो र जेम्स म्याडिसनले समान एक गोल गरे । बर्न्लीका लाइल फोस्टर र जस ब्रोनहिलले गोल फर्काएका थिए ।

खेलमा सुरुआती अग्रता भने बर्नीले बनाएको थियो । चौथो मिनेटमा फोस्टरले गोल गर्दै बर्न्लीलाई अग्रता दिलाएका थिए । तर, सनले १६औँ मिनेटमा गरेको गोलबाट टोटनहमले खेलमा फर्किएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा रोमेरोले टोटनहमको अग्रता दोब्बर पारे । ५४औँ मिनेटमा म्याडिसनले गोल गरेपछि टोटनहमले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो । ६३औँ मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहमले अग्रतालाई ४–१ मा पुर्‍याएको थियो । त्यसको तीन मिनेटपछि नै हाल्यान्डले ह्याट्रिक गरेपछि टोटनहमले अग्रतालाई ५–१ मा पुर्‍यायो ।

खेलको इन्ज्युरी समयमा ब्रोनहिलले गोल गर्दै टोटनहमको अग्रतालाई ५–२ मा झारे पनि हार टार्नसकेनन् ।

जितसँगै चार खेलबाट १० अंक जोडेको टोटनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहम शीर्ष स्थानको सिटीभन्दा दुई अंकले पछाडि । तालिकाको पुछारमा रहेको बर्न्लीले तीन खेल खेल्दा पनि अंकको खाता खोल्न सकेको छैन ।

शनिबार नै भएका अरू खेलमा चेल्सी नटिंघम फरेस्टसँग १–० ले पराजित हुँदा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३–१ ले हरायो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro