site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित
तस्बिर : मोहन पुन/नेपालय
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यकार प्रज्वल पराजुलीको दोस्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचन गरिएको छ । यो पुस्तक पराजुलीको चर्चित कृति ‘ल्यान्ड ह्वेर आई फ्ली’को नेपाली अनुवाद हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पराजुलीले आफूलाई मन पर्ने अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो ।

अघिल्लो लघुकथासंग्रह ‘द गुर्खाज डटर’ जस्तै प्रज्वलको यो उपन्यासले पनि समीक्षकको मन जितिसकेको छ । यसलाई विश्वका अग्रणी अखबारले ‘वर्षकै उत्कृष्ट पुस्तक’को उपमा दिइसकेका छन् ।

“यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,” पुस्तकको समीक्षा गर्दै विमोचन समारोहमा लेखिका सगुना शाहले भनिन्, “कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।”

सिक्किमवासी प्रज्वल नेपालका भान्जा हुन् । उनी दक्षिण एसियाली त्यसमा पनि विशेष गरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन् ।

उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशन भएलगत्तै ‘डिलन थोमस प्राइज’को मनोनयनमा पर्न सफल भएको थियो । २०१५ मा सो पुस्तकलाई ‘गोर्खाकी छोरी’ शीर्षकमा नेपाली भाषाका पाठकसामु ल्याएको पब्लिकेसन्स नेपालयले नै प्रज्वलको दोस्रो कृति तयार पारेको हो ।

“यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेला भएका सन्तानहरूको भोगाइमा आधारित छ,” समारोहमा लेखक प्रज्वलले भने, “त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्यान्ड ह्वेर आई फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महसुस गरेँ ।”

यो अंग्रेजी उपन्यास पनि तीन वर्षअघि ‘इमिल गिमेट प्राइज’ मनोनयनमा परेको थियो । यसको फ्रान्सेली अनुवाद समेत सोही वर्ष उक्त मुलुकको ‘फर्स्ट नोबल प्राइज’को मनोनयनमा परेको थियो ।

यस्तै, बेलायतको ‘इन्डिपेन्डेन्ट’, अमेरिकाको ‘अ कान्सास सिटी स्टार’ र भारतको ‘हिन्दूस्तान टाइम्स’ अखबारहरूले आफ्ना समीक्षाहरूमा यसलाई वर्षकै उत्कृष्ट पुस्तकको सूचीमा राखेका थिए । भारतकै ‘भोग’ पत्रिकाले दक्षिण एसियाकै आठ सर्वोत्कृष्ट उपन्यासमध्ये यो पुस्तकलाई पनि समावेश गरेको थियो ।

कुल ३८८ पृष्ठको ‘चित्रलेखाको चौरासी’को प्रतिमूल्य ८७५ रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro