site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा 

काठमाडौं । एसिया कप–२०२३ मा भारतले पाकिस्तानलविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पलेकेले अन्तर्राष्ट्रिय रंगशालामा टस जितेपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङको निर्णय गरे । पाकिस्तानलाई फिल्डिङको निम्तो दिए ।

प्रतियोगितामा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो ।

एकदिवसीय संरचनामा भएको एसिया कपमा भारत र पाकिस्तान १३औँपटक आमने–सामने हुन लागेका हुन् । एसिया कपमा यसअघि यी दुई टिमबीच भएका १२ मध्ये भारतले सात र पाकिस्तानले पाँच खेलमा जित निकालेको छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro