site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चाको सभा : तीन नेता प्रचण्डलाई फुर्क्याउने, प्रचण्ड एमालेलाई व्यङ्ग्य गर्ने
Sarbottam CementSarbottam Cement

पोखरा । संसद्‌मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाका नेताहरू अहिले देश दौडाहामा छन् । त्यसक्रममा शुक्रबार मोर्चाका शीर्ष नेताहरू पोखरा पुगे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि उनको ठाउँमा कार्यकारिणी सदस्य शिवलाल थापा आएका थिए ।

सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव'ले सम्बोधन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्बोधनमा नेताहरूले प्रधानमन्त्री प्रचण्डको प्रशंसालाई प्राथमिकता दिए । सुरुमै सम्बोधन गरेका जसपाका थापाले अन्तिममा त पोखरा–काठमाडौं सडक बनाउन प्रचण्ड सरकारले प्रयास गरिरहेको भनेर तरिफ गरे । 

नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाकै कारण गणतन्त्र आएको र ठूलो उपलब्धि प्राप्त भएको बताए । “यसको पछाडि यहाँ कमरेड प्रचण्ड हुनुहुन्छ, माधव नेपाल हुनुहुन्छ र हामी सबै छौँ । यो नेतृत्व पंक्ति र यसकै वरिपरिबाट नै यो देश यहाँसम्म आएको साँचो हो,” विप्लवले भने ।

Global Ime bank

सम्बोधनमा उनले राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए । “नेपालमा एउटा पराजित वर्ग फेरि उठ्न थालेको छ । हारेको सत्तासीन वर्ग फेरि टाउको उठाउन थालेको छ । क्रान्तिबाट पछारिएको, जनयुद्ध, जनआन्दोलन, मधेस, जनजातीका विद्रोहबाट पछारिएको प्रतिगामी, पश्चगामी, सामन्तवादी, दलाल पुँजीवादी सत्ता र शक्तिहरू फेरि जुमुराउन थालेको षड्यन्त्रमा अगाडि आएको हामी देख्दै छौँ,” उनले भने ।

क्रान्तिकारीहरूमाथि हमला हुन थालेपछि नेताहरूले बोध गरेर नै समाजवादी मोर्चा बनेको उनको भनाइ छ । “त्यो आवश्यकता, त्यो जिम्मेवारी बोध कसले गर्ने ? कम्युनिस्ट पार्टीका नेताहरूले, समाजवादीका नेताहरूले र देशलाई माया गर्ने देशभक्तहरूले,” उनले थपे, “समाजवादी मोर्चा त्यसअर्थमा प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवसहितको टिममा छलफल चल्यो । छलफलको निष्कर्ष आएको छ, प्रतिगामीको विरुद्धमा, प्रतिक्रान्तिको विरुद्धमा, साम्राज्यवादीको विरुद्धमा लड्नका लागि, नेपाली जनताको विजयलाई सुनिश्चित गर्नको लागि समाजवादी मोर्चा नेपाल गठन भएको छ । यो इतिहासको एउटा आवश्यकता हो ।”

माओवादीबाट छुट्टिएर नेकपा खोलेका विप्लवको पार्टी कुनै बेला प्रतिबन्धित समेत थियो । तर, प्रतिबन्ध फुकुवापछि पछिल्लो समय उनी प्रचण्डसँगैको एउटै समाजवादी मोर्चामा छन् ।

“अहिले कमरेड प्रचण्ड देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नेतृत्व गरिरहनुभएको छ । तर, कार्यकारी प्रमुखको विरुद्धमा एउटा हत्याराको आरोप अहिले चोकचोकमा चलिरहेको छ । अपराधीहरूको आरोप माओवादी आन्दोलनको विरुद्धमा लगाइएको छ । माओवादीले त्यतिबेला विद्रोह गर्नु भनेको हत्या हो, अपराध हो, यो प्रकारले प्रचार गरिँदै छ नि । जसले परिवर्तनको नेतृत्व गर्‍यो, कार्यकारी प्रमुखले समेत मुद्दा बेहोर्नुपरेको छ,” उनले भने ।

प्रचण्डलाई अपराधी करार गर्ने प्रयास भइरहेको बताउँदै उनले त्यसपछि माओवादीहरूलाई अपराधी करार गरेर जेलमा हाल्नुपर्छ भन्ने आफूले सुनेको बताए । उनले यो एउटा ठूलो षड्यन्त्र रहेको बताए । त्यसपछि उनले सुरु गरे प्रचण्ड सरकारको प्रशंसा ।

“सरकारलाई विभिन्न ढंगले घेराबन्दी भएको छ । निराशा फैलाउने, भ्रमित पार्ने, आतंकित हुने वा निराशा फैलाउने विशेषत विदेशी र उनका भरौटेहरूको योजनामा नेपाली जनताको विरुद्धमा विभिन्न गैरसरकारी संस्था खडा गरेर जनतालाई भ्रमित पार्ने कुतत्वको काम छ अहिले,” उनले भने ।

गाउँमा सरकारको भन्दा अनौपचारिक क्षेत्रबाट प्रवाह भएको पुँजी बलियो रहेको उनको भनाइ छ । जात, धर्म, क्षेत्र लगायतका विभिन्न नाममा भड्काउन खोजिएको आरोप उनले लगाए ।

प्रचण्ड नेतृत्वको सरकारले साहसिक कामहरू गरेको र आफूहरूले स्वागत गरेको उनले बताए । “जनताको हितमा, सुशासनको पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा तपाईं सरकारको मोर्चाबाट लड्नुस्, चोकको र सडकको मोर्चा हामीलाई दिनुहोस, हामी हाँक्छौँ,” महासचिव विप्लवले भने ।

प्रचण्डले आफ्नै पार्टीको भएता पनि भ्रष्टाचारमा मुछिए कसैलाई नछाड्ने भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई विप्लवले साहसिक कदमको रूपमा व्याख्या गरे । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गरे । सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेर प्रशंसनीय काम गर्नुभएको छ ।”

दोषीलाई नछाड्न र निर्दोष नफस्ने गरी काम गर्न उनले सुझाव पनि दिए । उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुन्छ भन्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह पनि गरे । समाजवादी मोर्चालाई नकरात्मकरूपमा लिन नहुने उनको भनाइ छ ।

“सरकारमा, संसद्‌मा र सडकमा क्रियाशील हुने संकल्पका साथ यो समाजवादी मोर्चा बनाएर अगाडि बढेका छौँ । कसैले पनि यसलाई नकरात्मक रूपमा लिन जरुरत छैन,” उनले भने, “सुन्ने गर्छु यो मोर्चा बनाएपछि पार्टीहरू विलीन हुने छन् । हाम्रै पार्टीमा पनि कतिपयलाई लाग्याछ माओवादीमा विलीन हुने को कि भनेर । जनता समाजवादी पार्टीमा पनि लागेको होला । जस्लाई मिल्न मन लाग्याछ, उहाँहरूलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । हाम्रा कार्यकर्तालाई भन्न चाहन्छु, आफ्नो पार्टीलाई बलियो बनाउनुहोस् । समाजवादी मोर्चालाई गतिशील बनाउनुहोस् ।”

अन्तिममा सम्बोधन गरेका प्रचण्डले त माधव नेपाललाई निर्दोष नै करार गरिदिए । तीन दलका नेताबाट आफ्नो प्रशंसा सुनिसकेपछि प्रचण्डले सबै कुरा आइसकेको बताए । उनले सरकारका कामको बारेमा संक्षिप्त बताएपछि एमालेलाई व्यङ्ग्य गर्न छाडेनन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि एमालेले लगातार सदन अवरुद्ध गरेको थियो । त्यही विषयलाई लिएर उनले एमालेलाई कटाक्ष गरेका हुन् ।

"भारत भ्रमणको बारेमा त्यत्रो ठूलाठूला कामहरू भए । तपाईंहरूले सदनमा हेर्नुभयो भने मलाई सकेसम्म एकथरि साथीहरूले बोल्नै नदिने । मैले यो गरेर आएको हुँ भन्नै नदिने । त्यत्रो पावर ट्रेड एग्रिमेन्ट भएको छ, त्यो सुन्नै नचाहने । सिमानाको समस्या हल गर्ने प्रतिबद्धता भएको छ सुन्नै नचाहने । पञ्चेश्वरको त्यत्रो परियोजना अगाडि बढ्दै छ भन्नै नदिने, बोल्नै नदिने," उनले भने ।

उनले अगाडि थपे, "अनि त्यो सबैलाई केमा केन्द्रित गर्ने भने मुर्रा लिएर आएको छ भनेर, मुर्रा भैँसीमा संकुचित गर्ने, बद्‌नाम गर्ने हर्कत भए । मुर्राको बारेमा सबै मैले बुझेको त थिइनँ, २०७२ सालमा कुरा भएको रहेछ । अनेक प्रधानमन्त्री गएर बल गरेका रहेछन्, तर सकेका रहेन्छन् । सम्बन्ध राम्रो भएका कारण यो पटक मैले सकेको रहेछु, किसानको हितमा पो रहेछ ।"

उनले सरकारले राम्रा काम गरे पनि कतिपयले सरकारलाई बद्‌नाम गर्ने प्रयास गरेको बताए । "विरोधीले यो सरकारले राम्रो गर्‍यो, गठबन्धनले राम्रो गर्‍यो, प्रधानमन्त्रीले देशको पक्षमा धेरै काम गरेको रहेछ भनेर उनीहरूले भन्दैनन्, यो लैजाने जिम्मा तपाईंहरूको हो," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय