site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राउण्ड टेबल नेपालको २३औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राउण्ड टेबल नेपालको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ भने, लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरूको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो ।

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरी विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विशेषगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा काम गर्दै आएको बताएको छ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro