site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामी र लस एन्जलसबीचको खेल एमएलएस इतिहासकै महंगो, टिकट मूल्य ५२७ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकामा ‘मेसी मानिया’ कम हुने कुनै संकेत हालसम्म देखिदैन । यसको ज्वलन्त उदाहरण बनेको छ, मेजर लिग सकर (एमएलएस)अन्तर्गत आइतबार हुने इन्टर मियामी र लस एन्जलस एफसीबीचको खेल ।

एक अनलाइन बजार टिकपिकका अनुसार आइतबार हुने मियामी र लस एन्जलसबीचको खेल एमएलएस लिगको इतिहासमा हालसम्मकै सबैभन्दा महंगो खेल बन्दै छ ।

Dabur Nepal
NIC Asia

यी दुई टिमबीचको टिकट मूल्य औसतमा ६९० डलर छ । जुन एक नियमित एमएलएस खेलको टिकट मूल्यभन्दा ५२७ प्रतिशत धेरै हो । मेसी एमएलएस क्लबमा अनुबन्धित हुनुअघि यो मुल्य ११० डलर थियो ।

मियामी र लस एन्जलसबीचको खेलका लागि एक दिनमात्र बाँकी रहँदा मैदानमा मेसीलाई हेर्न समर्थकले टिकटका लागि ७८५ डलर तिर्नुपर्छ ।

मेसी नभए यो मूल्यमा निकै गिरावट आउँथ्यो । टिकपिकका अनुसार मेसी नभएको भए यो मूल्य एक सिटका लागि १५१ डलर पर्ने थियो ।

एमएलएसमा मेसीको आगमनयता टिकट मूल्यमा नियमित वृद्धि भइरहेको छ । गत हप्ता मेसीले एमएलएसमा डेब्यू गर्दा न्यूयोर्क रेड बुल्ससँगको खेलका लागि टिकट मूल्य करिब एक हजार प्रतिशतले बढेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro