site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीनको नयाँ नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुराकानी हुन्छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चीनले जारी गरेको नयाँ नक्सामा किन त्यस्तो हुन गयो ? कसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? त्यस बारेमा त कूटनीतिक कुरा गर्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका बेला कुराकानी हुनेसमेत बताएका छन् ।

“हाम्रा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । यसबारेमा सरकार प्रष्ट हुँदै जनतालाई प्रष्ट पार्नुपर्छ,” सापकोटाले भने ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा समावेश नभएको भन्दै विरोध भइरहेको छ ।

नेपालको भूमि भारतभित्र देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यसको विरोध स्वरुप चीन भ्रमण रद्द गरेका छन् ।

प्रधानमन्त्री चीन भ्रमण जाँदै छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro