site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन तस्करी प्रकरण : अनुसन्धान गर्न हङकङदेखि भारतसम्म खटियो सीआईबीको टोली
Sarbottam CementSarbottam Cement

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले तीब्रता दिएको छ ।

तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ ।

सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीलाई झिकाएर अनुसन्धानलाई तीव्रता दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

२ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सू मार्फत लुकाएर भन्सार पास भएको उक्त ६० किलो सुन बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित तस्करी देखिएपछि अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो । हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर कुल २५ जनालाई पक्राउ गरेको छ ।

Global Ime bank

पक्राउ पर्नेहरूमा याहो पेचिङ्गसहित ६ जना चिनियाँ नागरिक, एक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र अर्का तिब्बती मुलका भारती नागरिकसहित अन्य नेपाली नागरिक छन् ।

उनीहरू माथिको अनुसन्धान गर्न अब सीआईबीसँग दुई हप्ताभन्दा कम समय छ ।  

अनुसन्धान गर्न भारतदेखि हङकङसम्म सीआईबी टोली
सुन तस्करीको सन्जाल हङकङदेखि भारतसम्म देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा हङकङ र भारतमा समेत प्रहरी अधिकारी पठाएको छ ।

सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले भारतमा समेत शुक्रबार सीआईबीमै कार्यरत डीएसपी धर्म भण्डारीलाई पठाएको छ । सुन तस्करीको केन्द्र हङकङ रहेको र उक्त सुन नेपाल हुँदै भारत पुग्ने गरेको सीआईबीको दाबी छ ।

२५ जना पक्राउ गरेको सीआईबीले सुनका मालिक याहो पेचिङ रहेको दाबी गरेपनि सुन खरिद गर्ने मूख्य आरोपीसम्म भने अझै पुग्न सकेको छैन ।

सुन तस्करी प्रकरणमा सीआईबी बाहेक जिल्ला प्रहरी कार्यालय धुनकुटाका एसपी कृष्ण कोइराला, प्रहरीको विशेष ब्युरोका प्रमुख डीआईजी रामदत्त जोशी, प्रहरीको इन्टरपोल शाखा प्रमुख अनुपम जबरासमेतको टोली लागेको छ ।

त्यो बाहेक टेक्निकल विश्लेषण गर्ने टोलीसमेत ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् ।

सीआईबीले हाल पक्राउ परेको समूहले ठूलो मात्रामा सुन तस्करी गरेको आशंका गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय