site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वी कंगोमा विरोध प्रदर्शनका क्रममा ४८ जनाको मृत्यु
SkywellSkywell

गोमा । पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ ।

गत बुधबार कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो, जसमा एक प्रहरी अधिकारी पनि थिए । मृतक प्रहरीलाई सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेका थिए ।

KFC Island Ad
NIC Asia

तर एएफपीले परामर्श गरेको र सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

Royal Enfield Island Ad

कंगोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ ।

बिहीबार सामाजिक सञ्जालमा प्रसारित दुई अपुष्ट भिडियोमा कंगोका सैनिकहरूले रगतले लतपतिएका मृत शरीरहरू सैन्य गाडीको पछाडि फ्याँकेको देखिन्छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ, जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

यस क्षेत्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन विश्वको सबैभन्दा ठूलो र महँगो मध्ये एक हो, जसको वार्षिक बजेट लगभग एक अर्ब डलर छ ।

संयुक्त राष्ट्रसंघले मध्य अफ्रिकी राष्ट्रमा भएका हिंसातमक घटनाको कडा आलोचना गरिरहेको छ । यस क्षेत्रमा धेरै मानिसहरूले शान्ति सैनिकहरूलाई द्वन्द्व रोक्न असफल भएको ठान्छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro