अर्थ व्यवसाय

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाले संघले आरोहणका गतिविधि हुन नसकेका १७ वटा हिमालको व्यवस्थापन गर्न संघ तयार रहेको बताएका छन् ।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ साधारण सभामा बोल्दै उनले अहिले ६ हजार ५०० मिटर उचाइँ भएका १७ वटा हिमालमा आरोहणका गतिविधि हुन नसकेको बताए ।
ती हिमालहरूको व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूलाई दिइए संघ तयार रहेको बताए । साथै, विश्व बजारमा प्रचार प्रसार र प्रबर्द्धन गर्न संघले भूमिका खेल्ने पनि बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्