विदेश
काठमाडौं । दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएको बताइएको छ ।
उक्त भवनमा अवैध तरिकाले मानिसहरू बसोबास गर्ने गरेका थिए । पाँच तले भवनमा के कारणले आगलागी भयो भन्ने कुरा खुल्न नसकेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले भवनबाट शवहरु निकालिरहेको बताइएको छ । भवनमा बस्नेहरूमध्ये प्रायः अफ्रिकी आप्रवासी भएको बताइएको छ । ६ करोड जनसङ्ख्या रहेको दक्षिण अफ्रिकामा २९ लाख आप्रवासी रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १६:११
प्रतिक्रिया दिनुहोस्