site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवस्था चिन्ताजनक छ, तर निजी क्षेत्रले खुट्टा कमाउँदैन : चन्द्र ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए ।

“मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” ढकालले भने, “चाहे हामी हाम्रा नीतिगत कारण भनौं वा कोभिडको कारण या विश्वव्यापीरुपमा देखिएको संकट या श्रीलंकाको डर देखाएर नीतिगत रुपमा अप्ठेरो पारिएको छ ।”
उनले आफूहरुको नेतृत्त्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुराहरु अघि सारेको बताए ।

“सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामकीयउ निकाय सबै एकैठाउँमा आउनुको विकल्प छैन ।”

उनले पदबहाली गरेको चार महिनामै प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायतको ढोकामा आफूहरु पुगेर पछिल्लो अवस्थाका बारेमा स्मरण गराएको बताए ।

“त्यही कारण कतिपय विधेयक अहिले संसद्मा पुगेका छन्,. तर हामी अझै ढुक्क चाहिँ छैनौँ,” उनले भने । उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।

उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए ।

“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,” उनले भने, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन । अहिले एउटा पब्लिक विश्वास छैन त्यो सरकार र रेगुलेटरबाट दिइयो भने पहिलेकै लयमा आउन समस्या हुँदैन ।”

उनले अहिले सबै निकाय एकै ठाउँमा उभिएर दबाब दिनुपर्ने समय रहेको बताउँदै सडकमा निस्कने कुरा नगर्न आग्रह गरे ।

“हामी व्यवसायी सडकमै निस्कन जरुरी छैन,” उनले भने, “अहिले व्यवसाय पसल, फ्याक्ट्री हरेक कुरा बन्द भयो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । त्यो अवस्था आउन दिनु हुँदैन । त्यो आउनु नेपालका लागि धेरै नराम्रो अवस्था हो । त्यो व्यक्ति विशेष, पार्टी विशेष भन्दा पनि एकदमै जिम्मेवार हिसाबले हामीले सुझाव दिएका छौं । नीतिका लागि लबिइङ गरेका छौं र त्यो जारी राख्छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro